दफा ४९
दरखास्तवालाको परीक्षण
(१) दफा ४८ बमोजिम दरखास्त परेपछि दरखास्तवाला त्यस्तो सवारी चलाउन समर्थ छ छैन र निजलाई त्यस्तो सवारी वा सवारी सम्बन्धी ऐन, नियम तथा ट्राफिक सङ्केत सम्बन्धी सामान्य ज्ञान छ छैन भन्ने कुराको यकिन गर्न परीक्षा लिनु पर्छ । त्यसरी लिइने परीक्षाको विषय र परीक्षा प्रणाली विभागले तोकिदिए बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिम लिइएको परीक्षामा असफल हुने दरखास्तवालाले सो परीक्षा सम्पन्न भएको मितिले तीन महीना पूरा नभएसम्म दफा ४८ बमोजिम पुन दरखास्त दिन पाउने छैन ।